नेपाल टेलिकमको प्रोत्साहन योजना, भौतिक कार्डमार्फत रिचार्च गर्दा नि:शुल्क डेटा
काठमाडौं । पछिल्लो समय मोबाइल प्रयोगकर्ताले अनलाइनबाटै मोबाइलमा धेरैजसो रिचार्ज गर्न थालेपछि नेपाल टेलिकमले भौतिक कार्ड प्रयोग गर्न प्रोत्साहन दिने योजना ल्याएको छ ।
भौतिक रिचार्ज कार्डको प्रयोग गर्ने उपभोक्ताको संख्या कम हुँदै गएपछि त्यसलाई बढाउन टेलिकमले अफलाइन कार्ड खरिद गरी रिचार्ज गर्ने उपभोक्ताका लागि नि शुल्क डेटा दिने भएको छ।
टेलिकमका अनुसार उपभोक्ताले २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिनका लागि १ जीबी डेटा निशुल्क पाउनेछन् । त्यस्तै ५ सय रुपैयाँको रिचार्ड कार्ड प्रयोग गर्दा ४ दिनसम्मका लागि ४ जीबी र हजार रुपैयाँको कार्ड प्रयोग गर्दा १० दिनसम्मका लागि १० जीबी डेटा दिने भएको छ ।
यो अफर मंसिर २० देखि पुस १९ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया