सत्तागठबन्धनको बैठकमा किन बोलाइएन गगनलाई ?

काठमाडौं । सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई भने सहभागी गराएन । स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो ।
निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको आकलन छ ।
‘चुनावअघि सिट बाँडफाँडमा भूमिका खेले पनि उहाँलाई यो बैठकबारे कुनै जानकारी गराइएन । निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको देखियो,’ गगननिकट एक नेताले भने ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया