सत्तागठबन्धनको बैठकमा किन बोलाइएन गगनलाई ?
काठमाडौं । सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई भने सहभागी गराएन । स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो ।
निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको आकलन छ ।
‘चुनावअघि सिट बाँडफाँडमा भूमिका खेले पनि उहाँलाई यो बैठकबारे कुनै जानकारी गराइएन । निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको देखियो,’ गगननिकट एक नेताले भने ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया