‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ ।
प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने संकटप्रति सचेत हुँदै सहरमा पुगेर संघर्ष गरिरहेको युवाको कथा यसमा छ ।
अनिर मास्केको संगीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन् । नसचिन सिंहले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन, छायांकन र सम्पादन निशान घिमिरेले गरेका हुन्।
भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गरेको गीतकार श्रेष्ठले जानकारी दिए । यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र संगीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘विरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो ।
गीतमा गायिका मिलन नेवारले स्वर थियो। विरानो गाउँ गीतकै निरन्तरताका रुपमा विरानो सहर तयार भएको सङ्गीतकार मास्केले बताए ।
उनले भने, विरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने विरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया