नोभेम्बरमा श्रीलङ्काको विदेशी मुद्रामा वृद्धि
एजेन्सी । विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ ।
श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरमा श्रीलङ्काका विदेशमा रहेका नागरिकले पठाएको विदेशी मुद्रा बृद्धि भएको पुष्टि गरेको छ ।
सन् २०२२ को पहिलो ११ महिनामा भित्रिएको कूल विप्रेषण ३३ खर्ब १३ अर्ब डलर रहेको छ । यो सन् २०२१ को सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले कमी हो ।
मौद्रिक नीति र प्रणालीप्रतिको बढ्दो विश्वासका कारण पछिल्ला केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको सीबीएसएलले जनाएको छ ।
श्रीलङ्काको आधिकारिक सञ्चित सम्पत्ति १.८ अर्ब डलर रहेको छ । त्यसमध्ये १.७ अर्ब डलर सन् २०२२ को पहिलो ११ महिना अर्थात् (नोभेम्बरको अन्त्य) सम्ममा जम्मा भएको विदेशी मुद्रा सञ्चिति हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया