स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको ज्यान गयाे
कीर्तिपुर । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको ज्यान गएको छ ।
ठक्करबाट २९ वर्षीय सुवास चन्द्र रतेलाको ज्यान गएको प्रहरीले जनाएको छ । कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मुल सडकमा बसले ठक्कर दिएको हो ।
बल्खुबाट चोभार तर्फ गइरहेको स्कुलबसले उनलाई ठक्कर दिएर घाइते भएका थिए । घाइते भएका रतेलालाई तत्काल उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो ।
उनको उपचारका क्रममा अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया