आन्तरिक राजस्वका कर्मचारी हौं भन्दै ठगी गर्ने ८ जना पक्राउ
काठमाडाैं । बसपार्क क्षेत्रका होटल र पसलबाट आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरकी सृजना भट्टराई, कन्चनपुरका राजीव विष्ट र डेविड धामी, अछामका सागर जंग लुहार र दूधकला वि.क, पुर्वी नवपरासीका मीनबहादुर वि.क, सिन्धुपाल्चोककी प्रमिसा तामाङ र नुवाकोटकी अञ्जना तामाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको कोठाबाट आन्तरिक राजस्व कार्यालको जस्तै स्टाम्प, रसिद, परिचयपत्र र लेटरप्याड भेटिएको प्रहरीले जनाएके छ ।
उनिहरु विरुद्ध अहिलेसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएका छन् । सोही आधारमा प्रहरीले मंसिर २३ गते उनिहरुलाई पक्राउ गरको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया