बर्दघाटमा औद्योगिक व्यापार मेला हुने
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो ।
मेलामा दुई सय कक्ष रहने र रु तीन करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । करिब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको मेलाको आवश्यक तयारी तीव्ररुपमा भइरहेको उनको भनाइ छ ।
‘यसवर्ष मेलामा विशेष आकर्षणका रुपमा भलिबल प्रतियोगिता, जातजातिबीचको भेषभूषामा नेतृत्व प्रतियोगिता र भजनकीर्तन प्रतियोगिता रहनेछन्,’ उनले भने ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुराँ, बालउद्यानलगायतका कक्ष रहने उहाँले जानकारी दिनुभयो । मेलामा कृषि, हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका कक्ष निःशुल्क रहने छन् ।
संघका महासचिव दिनेश न्यौपानेले नवलपरासी जिल्लालाई कृषि, पर्यटन एवं औद्योगिक जिल्लाका रुपमा परिचित गराउन मेला आयोजना गर्न लागिएको बताए ।
स्थानीय उत्पादनको बजार विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा मेलाले महत्वपूर्ण टेवा पु-याउने आयोजकको भनाइ छ । मेलामा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया