रामेछापको स्कुसलाई तराईका बजारमा पुर्याउँदै विपिन भट्टराई
काठमाडाैं । कृषकको आयस्तर उकास्न र उनीहरुको प्रतिव्यक्ति आय बढाउन ठूला ठूला आश्वासन होइन, साना साना काम गरिदिए पुग्छ । यसको ज्वलन्त उदाहारण बनेका छन् विपिन भट्टराई ।
पेशाले बीमा कम्पनीको शाखा प्रवन्धकका रुपमा कार्यरत रहेर उनले नेपालमै पहिलो पटक जुनारको बीमा गराए । सामाजिक सञ्जालमा रोजगारी, युवा स्वरोजगार र गाउँ घरमै पाइने कच्चा पदार्थमा आधारित साना मझौला उद्योगहरु खोल्न प्रोत्साहन गरिरहेका भट्टराई अहिले तराई र पहाडलाई साँच्चै व्यवसायिक रुपमा जोड्ने सेतुको रुपमा काम गर्न थालेका छन् ।
रामेछाप जिल्लामा उत्पादित स्कुसलाई तराई मधेशका बजारमा पुर्याउने अभियानको थालनी गरेर उनले उपभोगका लागि मात्रै लगाइने स्कुसको व्यवसायिक खेतीका लागि प्रोत्साहन गरेका छन् । यति मात्रै नभई, रामेछापमा फलेको स्कुसलाई सर्लाहीको लालबन्दीका हरेक घर घरमा पुर्याउने लक्ष्य लिएका छन् ।
अर्कोतर्फ, रामेछापबाट सर्लाहीका लागि पठाइने स्कुसमा उत्पादन गर्ने किसानको नाम, ठेगाना र मोबाइल नम्बर समेत लेखिन्छ । यसले भोलीका दिनमा किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गराएर कुनै विचौलिया बिना नै ताजा स्कुस सिँधै उपभोक्ताको घरमा पुग्ने वातावरण बन्ने भट्टराईको विश्वास छ ।
एक त बिक्रि गर्ने उदेश्यले नफलाइएको र अर्कातिर सबैतिर फल्ने भएकाले खेर गइरहेको स्कुस प्रतिकिलो १० रुपैयाँमा घरबाटै बिक्रि हुन थालेपछि रामेछापका कृषक दंग छन् । विशेषगरी अहिले रामेछाप नगरपालिकामा निर्वाहमुखी खेती गरिरहेका किसानहरुले राहतको महशुस गरेका छन् ।
यो कामको चाँजोपाँजो मिलाएका भट्टराई तराइमा फल्ने उखु लगायतका बाली लिएर पहाड भित्रिने ट्रक तथा ढुवानीका साधनहरु रित्तै फर्किनु भन्दा किसानले दुःख गरेका फलाएका सिजन अनुसारका बालीनाली लिएर फर्किने वातावरण बनोस् भन्नका लागि तराइमा रामेछापको स्कुसको माग बढोस् भनेर अहिले हरेक घर घरमा पुर्याउने अभियान चलाइएको बताउँछन् ।
उत्पादन गर्ने किसानबाट प्रतिकिलो १० रुपैयाँमा लिइने स्कुस सर्लाहीको लालबन्दसम्म पुर्याउँदा उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँ तिर्नुपर्छ । भट्टराई स्वयंले स्कुस बिक्री गर्ने होइनन्, उनले केवल अभियान चलाइका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया