पाकिस्तानमा सडक दुर्घटना : दुई जनाको मृत्यु, ८ घाइते
इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नौसहरो फिरोज जिल्लामा सोमबार एउटा भ्यान र ट्रेलर एक आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
दिउँसोको समयमा दादु–मोरो लिंक सडकमा उखु बोकेको ट्रेलरसँग भ्यान ठोक्किएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर पीडितहरूलाई अस्पतालमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्, घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । दुर्घटनाग्रस्त भ्यान सिन्धको दादु जिल्लाबाट खैरपुर जिल्ला जाँदै गरेको थियो ।
पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरु हुन्छन्, मुख्यतया खराब मर्मत गरिएका सवारी साधनहरु जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरुको लापरवाहीका कारण भएको बताइन्छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया