२४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
धनुषा । धनुषामा २४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आज बिहान धनुषाको विदेह नगरपालिका ९ इटहर्वाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित भारतको मधुवनी जिल्लाको मागंपट्टी पञ्चायत १ का २३ वर्षका उमेश कुमारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई तथा नगद र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ८ नम्बर गण मुजेलियाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकालले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया