कालिञ्चोक दर्शनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कालिञ्चोक दर्शन स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर १४ देखि आइपिओ निष्कासन गरेको थियो ।
लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रूपैयाँको दुई प्रतिशत अर्थात् एक करोड २० लाख मूल्य बराबरको कुल एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको थियाे।
त्यस्तै जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियाे । आइपीओमा ९ करोड ९४ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएकाे छ ।
लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ ।
कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया