एनआइसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा लिँदा सेवाग्राहीले के कुरामा ध्यान दिने ?
काठमाडाैैं । एनआइसी एशिया बैंकले बैंकको शाखारहित बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने कुराहरू सूचनामार्फत जानकारी गराएको छ ।
बैंकका अनुसार बैंकको शाखारहित बैंकिङ सेवा लिँदा सेवाग्राहीले निम्न कुरामा ध्यान दिनुपर्छ ।
१.शाखारहित बैंकिङ सेवा प्रयोग गर्ने हरेक ग्राहकले आफ्नो औंठा छाप प्रयोगपश्चात मात्रै बैकिङ कारोबार गर्न सक्नेछन् ।
२. कारोबार गर्ने क्रममा मेसिनबाट सुनिने निर्देशनात्मक आवाजले ग्राहकलाई हुन गइरेहको कारोबार र कारोबारको रकम तथा अन्त्यमा कारोबार सफल भए नभएको जानकारी गराउने छ ।
३. मेसिनले हरेक कारोबार सम्पन्न भएपछि कारोबारको विवरणसम्बन्धी लिखित पर्चामा प्रिन्ट गरी उपलब्ध गराउँदछ । ग्राहकले आफ्नो रकमको सुरक्षा र कारोबार सफल भएको जानकारी पाउनको लागि अनिवार्य रूपमा उक्त पर्चा कारोबारको प्रमाणस्वरूप लिनुपर्छ ।
४. बैंकसम्बन्धी सम्पूर्ण जानकारी तोकिएका व्यवसायिक प्रतिनिधिको माध्यमबाट प्राप्त गर्न सकिने छ । विस्तृत जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
५. कारोबारसम्बन्धी सम्पूर्ण जानकारी ग्राहकको रजिष्टर्ड मोबाइल नम्बरमा एसएमसमार्फत प्राप्त नभएमा ग्राहकले मेसिनबाट खाताको विवरण हेरी कारोबार सम्पन्न भए नभएको हेर्नुपर्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया