पठानमा कसले कति पारिश्रामिक लिए ?

एजेन्सी । बलिउड अभिनेता शाहरूख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ आगामी २५ जनावरीमा प्रदर्शन हुँदै छ ।
यसैबीच फिल्मका तीनै मुख्य पात्रले पारिश्रामिकवापत मोटो रकम असुली गरेको खबर आएको छ । बलिउड सञ्चारमाध्यमले जनाएअनुसार दीपिकाले १५ करोड र जोनले २० करोड रूपैयाँ पारिश्रामिक लिएका छन् भने शाहरूखले सय करोड रूपैयाँ लिएका छन् । जुन दीपिका र जोनको भन्दा कयौं गुना बढी छ ।
पठानमा अभिनेता सलमान खानको पनि ‘स्पेसल अपेरियन्स’ रहेको छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । सिद्धार्थले फिल्म निर्देशन गरेवापत ६ करोड रूपैयाँ पारिश्रामिक लिएको जनाइएको छ । उनले यसअघि ब्यांग ब्यांग, वारजस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया