एनआईबिएल ग्रोथ फण्डले १६ लाख इकाई विक्री गर्ने
काठमाडौं । एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन गर्ने भएको छ । क्यापिटलले यही पुष ७ गतेदेखि १० वर्षे अवधिको उक्त फण्ड निष्काशन गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ लाख इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
सो इकाईमा छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्न् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया