एनआईबिएल ग्रोथ फण्डले १६ लाख इकाई विक्री गर्ने

काठमाडौं । एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन गर्ने भएको छ । क्यापिटलले यही पुष ७ गतेदेखि १० वर्षे अवधिको उक्त फण्ड निष्काशन गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ लाख इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
सो इकाईमा छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्न् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया