क्याबिन क्रुको आन्दोलनले वायुसेवा निगमको उडान प्रभावित

काठमाडाैं । दुईजना एयर होस्टेजको करार नवीकरण नभएको भन्दै नेपाल वायुसेवा निगमका क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।
निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले आज एक विज्ञप्ति निकाल्दै आफुहरु आन्दोलनमा उत्रिएको जानकारी गराएका छन् । जसका कारण समयमै उड्नु पर्ने उडानहरू प्रभावित भएका छन् ।
निगम स्रोतका अनुसार आज काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने उडानहरू क्रुको आन्दोलनका कारण प्रभावित भएको छ भने हिजो पनि काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरू ३ घन्टा ढिलाे गरी उडेको थियो ।
निगमले हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण गर्दै आएको छ । दुईजना क्याबिन क्रुको योग्यता नपुगेको भन्दै निगमले करार नवीकरण नगरेपछि क्याबिन क्रु आन्दोलित बनेका हुन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया