क्याबिन क्रुको आन्दोलनले वायुसेवा निगमको उडान प्रभावित
काठमाडाैं । दुईजना एयर होस्टेजको करार नवीकरण नभएको भन्दै नेपाल वायुसेवा निगमका क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।
निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले आज एक विज्ञप्ति निकाल्दै आफुहरु आन्दोलनमा उत्रिएको जानकारी गराएका छन् । जसका कारण समयमै उड्नु पर्ने उडानहरू प्रभावित भएका छन् ।
निगम स्रोतका अनुसार आज काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने उडानहरू क्रुको आन्दोलनका कारण प्रभावित भएको छ भने हिजो पनि काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरू ३ घन्टा ढिलाे गरी उडेको थियो ।
निगमले हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण गर्दै आएको छ । दुईजना क्याबिन क्रुको योग्यता नपुगेको भन्दै निगमले करार नवीकरण नगरेपछि क्याबिन क्रु आन्दोलित बनेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया