मलेसियामा एकै दिन १२ सय भन्दा बढी कोरोना संक्रमित
क्वालालम्पुर । मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण भेटिएपछि कुल संक्रमितको संख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ ।
यस समयमा कोरोना संक्रमणको कारण थप छ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको संख्या ३६ हजार सात सय ८४ पुगेको छ ।
यस अवधीमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरुको कुल संख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया