व्यासमा विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ
तनहुँ । जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ । नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गरे ।
सो अवसरमा उहाँले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको न्यौपानेले जानकारी दिए । व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास भइरहेको उनले जानकारी दिए । “चुस्त, दुरुस्त र विश्वसनीय बनाउने विश्वास लिएको छौँ”, उनले भने, “कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौँ ।”
प्रत्येक वडाका नागरिक बडापत्र राखेर प्रविधिमैत्री बनाउन लागेको उनको भनाइ थियो । विद्युतीय कर भुक्तानीका लागि विद्युत् र इन्टरनेटको पहुँच पुग्न आवश्यक रहेको व्यासका आइटी इञ्जीनियर टीकाराम दाहालले बताए ।
पराम्परागत शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया