न्यौपाने र प्रधानलाई कारबाही गर्ने धितोपत्र बोर्डको निर्णय
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुरु न्यौपाने र ज्ञानेन्द्र लाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डको मंसिर २५ मा बसेको सञ्चालक समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको हो ।
दुवैले कानुन विपरीत सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट दुवैलाइ स्पष्टीकरण सोधेरका कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
रिडी हाइड्रपावर कम्पनीका अध्यक्ष रहेका न्यौपाने र नेपाल हाइड्रोपावर लिमिटेड अध्यक्ष रहेको समयमा प्रधानले आफ्नै कम्पनीको सेयर किनबेच गरेको आरोपमा उनिहरूलाई कारबाही गरिएको हो ।
धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रतक्ष्य रुपमा संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन् ।
न्यौपानेले रिडी हाइड्रोपावर कम्पनीका अध्यक्ष भएकै बेला २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए भने प्रधानले श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए ।
प्रधानले सेयर कारोबार गरेको खबर सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । यो विषयमा बोर्डले अहिलेपनि अध्ययन गरिरहेको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया