संसदीय दलको नेतामा रवि निर्विरोध, सरकारबारे निर्णय लिन बैठक डाकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने निर्वाचित भएका छन् ।
सो पार्टीको सोमबार बसेको बैठकले सभापतिसमेत रहेका लामिछानेलाई निर्विरोध संंसदीय दलको नेतामा चयन गरेको हो ।
रास्वपाले दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी छ । यसका लागि अहिले ११ बजे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बेठक बोलाइएको सो पार्टीले जनाएको छ ।
पार्टी सरकारमा सहभागी हुने या नहुने भन्ने अर्को एजेन्डा पनि बैठकको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर रास्वपाका नेताहरूको परस्पर विरोधी धारणा बाहिर आइरहेको छ । एक पक्ष सरकारमा जानुपर्ने पक्षमा छ भने अर्को जान नहुनेमा । तथापि, यो विषयले अहिलेसम्म रास्वपामा औपचारिक प्रवेश भने पाएको छैन ।
स्थापनाको केही महिनामा नै निर्वाचनमा होमिएको रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट हासिल गरेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया