भेलुबाजेलाई कारबाही गर्न सिडिओमा उजुरी
काठमाडौं । फरक लवज र अश्लील संवादका कारण कारण चर्चामा आएका भेलुबाजे भनिने मीनबहादुर बुढामाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
उनले मिडियामा व्यक्त गरेका अभिव्यक्तिले अश्लीलता फैलाएको दाबी गर्दै सुवास जिसी नाम गरेका व्यक्तिले जिल्ला प्रशासन कार्यालय, प्यूठानमा सोमबार उजुरी दिएका हुन् ।
उजुरीमा भेलुबाजेले युट्युबलगायत सामाजिक सञ्जालमा व्यक्त गरेको अश्लील शब्दले समाज त्यसमा पनि बालबालिकामा गहिरो प्रभाव पारेकाले यस्तो कार्य गर्न उक्साउने मिडिया र व्यक्तिलाई समेत नियन्त्रणमा लिई कानूनी कारबाही गर्न माग गरिएको छ ।
‘मीनबहादुर बुढा सामाजिक सञ्जालमा भेलुबाजे भनिनेलाई तपसीलमा उल्लिखित मिडिया तथा व्यक्तिहरूले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न हर्कतहरू गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लील र अपाच्य र अमर्यादित शब्दहरू प्रसारण गर्ने गरेको र त्यसलाई गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र भेलुबाजे उनलाई प्रोत्साहन गर्ने मिडिया र बालबालिकाहरूलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्न अनिवार्य छ ’ उजुरीमा भनिएको छ ।
यस्ता अश्लील हर्कतले समाजलाई नै दुर्घटनातर्फ लैजाने भएकाले यसतर्फ सचेत हुन पनि निवेदकले सबैसमक्ष आग्रह गरेका छन् ।
‘सामाजिक सञ्जालको माध्यमबाट ठाडा शब्दहरू बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मूल्य र मान्यताहरूको गम्भीर दुर्घटना हुने निश्चित छ,’ उजुरीमा भनिएको छ, ‘यस प्रकारका स्थितिमा हाम्रा सामाजिक संस्थाहरू, कानून स्थापित गर्ने सरकारी संयन्त्र र सिंगो नागरिक समाज समेत गम्भीर हुन र आवश्यक कदम चाल्न आवश्यक छ ।’

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया