अनि निर्वाचन आयोगले मतपत्र हरियो बनायो

काठमाडौं । निर्वाचन आयोगले अबको चुनावदेखि मतपत्र हरियो बनाउनेबारे गरेको निर्णयमा अनेक टिका टिप्पणी भएको छ । मुख्य गरी प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।
तर निर्वाचन आयोगले मतगणना गर्न सहजताको लागि मतपत्र यसपटकदेखि हरियो हुने निर्णय गरेको जनाएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले यस अघिको निर्वाचनमा मतपत्र र स्वस्तिक छाप पनि निलो रङको भएकोले यसपटकदेखि अलग अलग गर्न खोजिएको जानकारी दिए ।
मतपत्र र स्वस्तिक छाप दुवै निलो हुँदा मतगणना गर्नसमेत अप्ठ्यारो हुने भएकोले मतपत्र हरियो रङको बनाउन खोजेको उनले बताए । मतगणना गर्दा अलमल नहुने भन्दै कर्मचारीबाट सुझाव आएकोले मतपत्रको रङ बदल्न खोजिएको उनको भनाई छ ।
कुनै दल र नेतालाई द्विविधा भए आयोगले प्रष्ट्याउने उनको भनाई छ ।
कांग्रेसलाई चुनाव जिताउन मतपत्रको रङ हरियो बनाउन खोजेको ओलीको आरोप छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया