श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा सिफारिस, कुँवर उच्च अदालतको न्यायाधीश

काठमाडौं । न्याय परिषद्को बैठकले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बिहीबार राखेको न्याय परिषद्को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । उनी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुन् ।
त्यसैगरी, सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया