चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी । चीनमा कोरोना संक्रमित हुनेको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ ।
मंगलबार मात्र स्थानीय स्तरमै संक्रमित भएका व्यक्तिको संख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
साथै मंगलबार मात्र एक हजार नौ सय जना संक्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ ।
सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर स्थानीय स्तरमा नै कोरोना संक्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया