नेपाल वायु सेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ?
काठमाडाैं । बुधबार र विहिबार ‘क्याबिन क्रु’ को हड्तालका कारण अवरोध भएको नेपाल वायुसेवा निगमको उडानलाई लिएर नागरिक उड्यान प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्टयान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर ३ दिन भित्र स्पष्टीकरण बुझाउन आदेश दिएको छ ।
क्याबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैँया क्षति भएको जनाएको छ । कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगम वाणिज्य विभागका कर्मचारीले बताएका छन् ।
२ दिनमा कम्तीमा ७५ यात्रुलाई होटलमा राख्दा र उडान छुट्न गएकालाई पठाउँदा उक्त क्षती भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया