सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ८६ करोडमा सीमित
काठमाडौं । दुइ दिन लगातार बढेको नेप्से बुधबार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.८९ अंकले बढेर १८६७.२२ विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै कारोबार रकममा गिरावट देखिएको छ । आज दुई सय ५२ वटा कम्पनीको २० हजार ४३३ पटक कारोबारमा २४ लाख ४० हजार ३०७ रूपैयाँको को सेयर खरिदबिक्री हुँदा ८६ करोड ३८ लाख १६ हजार रूपैयाँको कारोबार भएको छ ।
आज बैंकिङबाहेक सबै उपसमूहको उपसूचक घटेका छन् । बैंकिङ ०.२७ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी वित्त १.५० प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा विकास बैंक ०.५४, होटल तथा पर्यटन, वित्त ०.३० प्रतिशतले घटेको छ । त्यस्तै जलविद्यु ०.७२, लगानी ०.५३, जीवन बीमा ०.४१, उत्पादन ०.६८, लघुवित्त ०.३२, सामूहिक लगानीकोष ०.३०,नीर्जीवन बीमा ०.२७, अन्य १.३९ र व्यापार ०.८२ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा सबैभन्दा धेरै एनआइसी एशियाको ११ करोड ८२ लाख ४६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार, शिभम् ३ करोड ८५ लाख ७६ हजार, हिमालयन डिष्टिलरी ३ करोड ३४ लाख २३ हजार र सोल्टी होटलको ३ करोड ३० लाख ४२ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।
आज आँधिखोला लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । ती दुबै लघुवित्तका कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्त ९।९९, इष्टर्न हाइड्रोपावर ९.८५ घलेम्दी हाइड्रो ९.१४ र धैलागिरी लघुवित्तका लगानीकर्ताले ८.२१ प्रतिशतले कमाएका छन् ।
बुधबार पञ्चकन्या मे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.२८ प्रतिशतका दरले गुमाएका छन् । गुटवील फाइनान्स ३.६०, सिनर्जी पावर ३.५०, सनराइज ब्लुचिप ३.३६, पिपुल्स पावरका लगानीकर्ताले ३.२७ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया