नबिल बैंकको ५ शाखा स्थानान्तरण हुँदै, पुष ११ देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका ५ शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले २०७९ पुष ११ गतेदेखि शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ ।
पाँच शाखाहरूमा काठमाडौं कागेश्वरी मनोहरा, ९ मा संचालनमा रहेको शाखा भक्तपुर थिमि नगरपालिका ७ मा स्थानान्तरण हुने भएको छ । त्यस्तै मैतिदेवी २ रहेको शाखा कार्यालय नरेफाटमा स्थानान्तरण गर्ने भएको छ ।
घोराही १५, दाङमा रहेको शाखा घोराही १० नारायणपुरबाट स्थानान्तरण हुने भएको छ । काठमाडौं २३ धर्मपथमा रहेको शाखा काठमाडौं १८ भेडासिङमा स्थानान्तरण गरिने भएको हो र ललितपुर ५ कुमारीपाटिमा रहेको शाखा कार्यालय भने ललितपुर १० चापागाउँमा स्थानान्तरण हुन लागेको छ ।
बैंकले काँडाघारीमा संचालनमा रहेका लकर तथा खाता सेवा भने ५ सय मिटर पर कागेश्वरी मनहरा नगरपालिका ९ मा स्थानान्तरण गरिएको छ । मैतिदेवीमा रहेको लकर सेवा ५ सय मिटर पर मैतीदेवी ९, घोराहीको सेवा ३ सय मिटर पर घोरही उपमहानगरपालिका १५, न्यूरोड खिचापोखरीको ४ सय मिटर पर कामापा २४ र कुमारीपाटीमा रहेको लकर तथा खाता सेवा ८ सय मिटर पर ललितपुर ५ मा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया