नेपालको व्यापार घाटा भारतसँग मात्रै ३ खर्ब ५२ अर्ब, कुन देशसँग कति ?

काठमाडौं । नेपालको व्यापार पछिल्लो तथ्यांकअनुसार १४१ मूलुकहरूबाट हुँदै आएको छ । नेपालको बढी व्यापार हुने मूलुक भनेको छिमेकी राष्ट्र भारत र चीन नै हुन् । यी मूलुकसँगै नै नेपालको व्यापारघाटा सबैभन्दा धेरै छ ।
चालु आर्थिक वर्ष ०७८/७९ को ५ महिनासम्म आइपुग्दा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४८ करोड रूपैयाँ बराबरको छ ।
सो अवधिसम्ममा नेपालको सबैभन्दा धेरै व्यापारघाटा छिमेकी मूलुक भारतसँग रहेको छ । भारतसँग मात्रै नेपालको व्यापारघाटा ३ खर्ब ५२ अर्ब ८० करोड रूपैयाँ बराबरको छ ।
मंसिर मसान्तसम्म भारतबाट नेपालले ४ खर्ब १७ करोड रूपैयाँ बराबरको वस्तु आयात गरेको छ भने भारतमा नेपालले ४७ अर्ब ३७ करोडको वस्तु निर्यात गरेको छ ।
चीनसँग नेपालको व्यापारघाटा
भारतपछि सबैभन्दा बढी व्यापार नेपालले छिमकी राष्ट्र चीनसँग गर्दै आएको छ । चालु आवको मंसिरसम्ममा चीनबाट ९४ अर्ब ५८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने चीनमा २४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । चीनसँग नेपालको व्यापारघाटा ९४ अर्ब ३३ करोड रूपैयाँ बराबरको छ ।
अर्ब भन्दा बढी व्यापार घाटा भएको देश
नेपालको १४१ मूलुकमध्ये २३ मूलुकसँग अर्बभन्दा बढी व्यापार घाटा छ । अर्बभन्दा बढी व्यापारघाटा भएको मूलुकरू :
१.भियतनाम ३ अर्ब ८० करोड
२.युनाइटेड अरब इमिरेट्स १६ अर्ब १५ करोड
३.युक्रेन ६ अर्ब ३७ करोड
४.थाइल्याण्ड ४ अर्ब ३३ करोड
५.ताइवन १ अर्ब ४८ करोड
६.साउथ अफ्रिका १ अर्ब ६४ करोड
७.सिंगापुर २ अर्ब २२ करोड
८.साउथ अरेबिया ५ अर्ब ५९ करोड
९.कतार ८ अर्ब ५८ करोड, पराग्वे २ अर्ब ८३ करोड
१०.वमन ७ अर्ब ७३ करोड
११.मलेसिया ७ अर्ब ७२ करोड
१२.कोरिया ३ अर्ब ३६ करोड
१३.जोर्डन ६ अर्ब ४२ करोड
१४.जापान १ अर्ब ४७ करोड
१५.इन्डोनोसिया २० अर्ब ८३ करोड
१६.हङकङ १ अर्ब ११ करोड
१७.फ्रान्स २ अर्ब ७४ करोड
१८.क्यानडा १ अर्ब ३६ करोड
१९.ब्राजिल ३ अर्ब ३० करोड
२०.बेल्जि ४ अर्ब ५५ करोड
२१.बंगलादेश ३ अर्ब ११ करोड
२२.अस्ट्रेलिया ६ अर्ब १८ करोड
२३.अर्जेटिना १४ अर्ब ४३ करोड
प्रतिक्रिया