दक्षिण सुडानलाई संयुक्त राष्ट्रसंघको सहयोग
काठमाडाैं । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएका हुन् ।
उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएका छन् ।
दक्षिणी सुडानका खासगरी हिंसा र बाढी पीडित नागरिकका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको प्रमुख मार्टिनले जानकारी दिएका छन् । उनकाअनुसार यहाँ पछिल्लो समयमा दुई लाख ६२ हजार जनाभन्दा बढी नागरिक हिंसा र बाढीबाट पीडित भएका छन् । उनीहरु गाँस र बासको पनि व्यवस्था नभएकाले देशभित्रै विस्थापित भएर शरणार्थीका रुपमा बसेका छन् ।
उनीहरुको आधारभूत आवश्यकता तथा महिला र बालबालिकाको उद्धारका लागि सो सहयोग रकम उपलब्ध गराइएको उहाँले जानकारी दिएका हुन् । आप्रबासन सम्बन्धी एक विश्व संस्था, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघीय बालकोष लगायतका संघसंस्थाहरुले पनि दक्षिण सुडानलाई पहिले केही सहयोग रकम उपलब्ध गराएका थिए ।
ती संस्थाहरुले हालै प्राप्त भएको मानवीय सहायतासम्बन्धी रकमको सही सदुपयोग गरेर यहाँका निकै अप्ठ्यारोमा परेका नागरिकको सहयोगमा लगाउनुपर्ने धारणा राखेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया