जहाँ छन् घरैपिच्छे निजामती जागिरे
काठमाडौं । मुसीकोट–३ स्थित माछिमीका ८३ वर्षीय घनु खत्रीका चार छोरा र एक छोरी छन् । सबै सरकारी जागिरे हुन् ।
जेठा छोरा रमेश अर्थ मन्त्रालयमा सहसचिव, माइला दिलीप राजस्व उपसचिव, साइँला कृष्णमान रुकुम अदालतका कम्प्युटर अपरेटर र कान्छा दीपक राजस्वमै शाखा अधिकृत छन् । छोरी सुशीला नापी विभागमा नायब सुब्बा छिन् ।
केही वर्ष भूमि सुधार कार्यालयमा सहयोगी काम गरेका स्थानीय नदीराम खत्रीले आफ्ना ४ छोरा र २ छोरीलाई जागिर गर्दै पढाए । उनका ६ सन्तान अहिले सबै जागिरे छन् । जेठा खिमबहादुर कोष तथा लेखा नियन्त्रक भएर भएर गत वर्ष मात्रै सेवा निवृत्त भए । माइला नयन लेखापाल, साइँला देबबहादुर र कान्छा रामबहादुर लेखा अधिकृत पदमा कार्यरत छन् । जेठी छोरी शारदा शिक्षिका छिन् भने कान्छी छोरी सुवर्णा नायब सुब्बा छिन् ।
करिब ११० घरधुरी रहेको माछिमीमा अहिले सरकारी सेवामा नरहेकाको घर भेट्नै मुस्किल छ । घनु खत्रीले सदरमुकाम नजिकैको बस्ती भएकाले पढ्नुपर्छ भन्ने चेतका कारण लोक सेवामा भिडेर सरकारी जागिर खाने चलन बढेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया