पूर्वमन्त्री तथा बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं । पूर्वमन्त्री तथा वायु सेवा कम्पनी बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।
बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै संस्थाले एक असल अभिभावक गुमाएको लेखेको छ ।
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई हामी बुध्द एयरकर्मी सधैं अनुशरण गरी अगाडि बढ्ने छौं । हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन,’ बुद्ध एयरले लेखेको छ ।
भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत आफ्नो जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा गरेका थिए ।
उनी पूर्वमन्त्री, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत हुन् । बस्नेत २०२४ सालमा कानुन तथा न्याय, शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।
बुद्ध एयरलाई उनै बस्नेतले आजभन्दा २५ वर्षअघि स्थापना गरेका थिए । जतिबेला उनी ७० वर्षका थिए ।
दिवंगत बस्नेतका २ छोरा र १ छोरी छन् ।
ताजा अपडेट
-
युद्धमा मारिएका ६० उच्च इरानी अधिकारीको सामुहिक अन्त्येष्टि
-
प्रधानमन्त्री भ्रमणमा लागि स्पेन प्रस्थान
-
जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः विद्या भण्डारी
-
नेकपा एमाले एक छ, टुक्य्राउने सपना नदेखे हुन्छः अध्यक्ष ओली
-
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
प्रतिक्रिया