सर्वदलीय बैठक जारी
काठमाडौं । नजिकिँदो स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा प्रतिनिधित्व गर्ने दलसँग आयोगले आज छलफल सुरु गरेको हो ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा जारी छलफलमा १८ राजनीतिक दल प्रत्येकबाट दुई–दुई प्रतिनिधि सहभागी छन् । छलफलमा आयोगले निर्वाचनको तयारीमा अहिलेसम्म गरेको प्रगति र दलीय सुझाव लिइरहेको छ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा तोकिएपछि अब आयोगले तयारीलाई तीव्र बनाउने तयारी गरेको छ ।
पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनाउने निर्णय गरेसँगै एमालेले आपत्ति जनाएको छ । यस अघि मतपत्र र स्वस्तिक छाप दुवै निलो भएको हुँदा मतगणनामा अप्ठ्यारो भएको भन्दै आयोगले यसपटकदेखि मतपत्र हरियो र स्वस्तिक छाप निलो हुने गरी तयारी गरेको जनाएको छ ।
तर कांग्रेसलाई सहज हुने गरी निर्णय आएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
आजको बैठकमा मतपत्र हरियो बनाएकोबारे पनि छलफल भइरहेको छ ।
आयोगले निर्वाचनमा भएको तयारी र दलहरूका सुझाव र गुनासो सुन्न पनि छलफल गर्न खोजिएको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया