चुनावमा तेस्रो स्थानमा पुगेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी नेतृत्वकाे माओवादी केन्द्र तेस्रो दल बनेको थियो ।
अध्यक्ष प्रचण्डले आज तीनजना स्वतन्त्रसहि एक सय ६९ जना सांसदको समर्थनसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।
उनलाई दुई वर्ष सरकारको नेतृत्व गर्नेगरी सात दलले समर्थन जुटाएका हुन् । उनले भोलि नै शीतलनिवास पुगेर राष्ट्रपति सामु शपथ ग्रहण गर्नेछन् ।
यसअघि उनी २०६५ मा साउनदेखि वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री रहिसकेका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया