एमालेसँगको साँठगाँठ हद दर्जाको अवसरवाद : मसाल
काठमाडाैं । नेकपा (मसाल) ले एमाले, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका ७ दल मिलेर बनेको गठबन्धनको विपक्षमा उभिएको छ ।
‘पाँचदलीय गठबन्धन तोडेर प्रधानमन्त्रीका लागि एमालेसँग साँगाँठ गर्ने प्रचण्डको कदमलाई यो पार्टीले अवसरवादको हद भनेको छ ।पाँच दलीय गठबन्धनले लामो समयदेखि एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध संघर्ष गर्दै आएको थियो । तर निर्वाचनमा प्रतिगमन विरुद्ध पाँचदलीय चुनावी तामेल समेत गरेको थियो । गठबन्धनका तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो । त्यो कार्य जनतासित ठुलो धोका हो ।’ मसालका महामन्त्री माेहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केपी ओलीले संसद विघटन गरेपछि मसालले त्यसलाई प्रतिगमनको संज्ञा दिदैँ पाँचदलीय गठबन्धनमा मिसिएको थियो ।
गत मंसिर ४ को निर्वाचनमा गठबन्धन दलको सिट भागबन्डा अनुसार प्रतिस्पर्धा गरेको यो दल सरकार गठनका क्रममा नयाँ ट्विस्ट आएसँगै माओवादीसँग पनि क्रुर देखिएको हो ।
प्रतिगामी शक्ति तथा अमेरिका भारतले पाँचदलिय गठबन्धन टुटाएर नयाँ बनाएको दाबी समेत मलाले गरेको छ ।
सिंहले विज्ञप्तीमा भनेका छन्, ‘ प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय स्रामाज्यवादपरस्त तत्वरुसित पनि गठबन्धन गरेका छन् । उनको त्यो कार्यको हामी कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौँ ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया