टाटाको मेगा सर्भिस क्याम्प सुरू

काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाडाैं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् ।
त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, विरगंज, ढल्केबार , हेटौडा , सर्रा, धनगढी , नेपालगंजमा रहेका छन्।
यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिंगका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान ) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए ।
समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरुलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया ) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए ।
यस तीन दिने क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैछ । यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्नेछन् । म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुटलगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिदैछ ।
यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेजअन्तर्गतको ४ हजार रूपैया नगद फिर्ताको पनि व्यवस्था छ।
‘हाल नेपालमा टाटाका पेसेन्जर’ श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भईरहेको छ,’ कम्पनीको भनाइ छ। यो क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता हुने पनि कम्पनीले विश्वास राखेको छ।
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया