सत्ता गठबन्धनको बैठकमा उपप्रधानसहित गृहमन्त्रीमा रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा रविले शक्तिशाली मन्त्रीसहित उप्रधानमन्त्री दाबी गरेका हु्न् । बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले सरकार सञ्चालनबारे विभिन्न शर्त राखेको बताए ।
‘बैठकमा रास्वपाले भ्रष्टाचार मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनेलगायत विषयमा शर्त राखेका छौं ।’
दिउँसो ४ बजे प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया