झुट बोलेपछि अमेरिकी अभिनेतालाई १५० दिन जेल सजाय
एजेन्सी । अमेरिकी अभिनेता जेसी स्मोलेटलाई अदालतले प्रहरीसँग झुट बोलेको आरोपमा १५० दिन जेल सजाय सुनाएको छ । स्मोलेटले प्रहरीसँग आफू ‘हेट क्राइम’ को शिकार भएको बताएका थिए ।
३९ वर्षीय पूर्व एम्पायर स्टार डिसेम्बरमा आक्रमणबारे झुटा रिपोर्टहरु बनाएपछि जघन्य अनैतिक आचरणको ५ वटा आरोपमा दोषी ठहर भएका हुन् । यसबाहेक उनलाई ३० महिना खुला कारागारमा बस्नुपर्ने छ र १ लाख ४५ हजार डलर जरिवाना तोकिएको छ ।
स्मोलेटले आफूमाथिका सबै मुद्दा अस्वीकार गरिरहेका छन् । उनले आफूमाथि ३ वर्षअघि दुई व्यक्तिले आक्रमण गरेको भन्दै प्रहरीमा रिपोर्ट गरेका थिए ।
आक्रमणकारीले जथाभावी गाली गरेको, ट्रम्पको नारा लगाएको, आफूमाथि रसायनिक पदार्थ फ्याँकेको र सन् २०१९ जनवरीमा राति हिँडिरहेको बेला घाँटी बाँधेको उनले बताएका थिए ।
उनको रिपोर्टपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर फेबु्रअरीमा प्रहरीले घटना झुटो भएको भन्दै स्मोलेटविरुद्ध नै मुद्दा दर्ता गर्यो । यसपछि भएकाे सुनुवाइमा उनी दाेषी ठहरिएका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया