प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गापनियताको सपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् ।
पहिलो चरणमा प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट चार जना, माओवादीबाट एक जना, रास्वपाबाट एक जना र जसपाबाट एक जना मन्त्री भएका छन् । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उप्रधानमन्त्रीसहित अर्थमन्त्री भएका छन् ।
यसैगरी एमालेबाट मन्त्री हुनेमा ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई रहेका छन् । साह बारा, राई धनकुटा र भण्डारी सुदूरपश्चिमका हुन् ।
यसैगरी माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उप्रधानमन्त्रीसहित भौतिक पूर्वधारमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएका छन् ।
जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल मियाँ उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । अन्य मन्त्रीको तत्काल जिम्मेवारी तोकिएको छैन ।
सत्ता साझेदार राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएको छ । जसपा सरकारमा जाने नजानेबारे कुनै निर्णय भएको छैन ।
सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने मन्त्रालयमा भागबण्डा मिलाएका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा अब तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया