प्रधानमन्त्री भएपछि दाहाले शहिदहरुलाई सम्झिए
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री दाहाल लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेका हुन।
नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उनको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गरेका हुन् ।
यस्तै, प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका छन । माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया