भारतीयको हत्या आरोपमा दुई पक्राउ

गाेदावरी । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेका अनुसन्धानबाट खुलेको बताए ।
सोमबार धनगढी उपमहानगरपालिका–५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । गुप्ता धनगढी शिवपुरी धामनजिक डेरा गरेर बस्दै आएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया