कोभिडका बिरामी बढेसँगै चीनमा ज्वरोको औषधि र एन्टिजेन परीक्षण किट पाउन मुस्किल
एजेन्सी । चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् ।
सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा एक लाख ५८ हजार पाँच सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताए छन् । सिचुवान प्रान्तको जनसङ्ख्या ८३ लाख छ ।
यसैबीच, सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिडको परीक्षण नगरेका करिब ३० प्रतिशतले आफूलाई ज्वरो आएको र खोकी लागेको बताएकाले वास्तविक सङ्क्रमितको प्रतिशत बढी रहेको बताएको छ । यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएपछि बिरामीको सङ्ख्या बढेको हो ।
कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन कठिन भएको शानडोङ र युनान प्रान्तका केही भागमा तिको मूल्य बढेको छ । केही स्थानमा औषधिको अभाव भएको छ ।
साथै कोरोनाले चीनमा पुनः राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया