अख्तियारको कोठा नं. ४०२ मा प्रधानाध्यापकलाई निम्ता !

काठमाडौं । विद्यालयका प्रधानाध्यापकले नै नक्कली शैक्षिक प्रमाणपत्र देखाएर शिक्षक पदमा नियुक्ति लिएको पाइएको छ । झुटा शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ती शिक्षकका नाममा १५ दिने सूचना जारी गरेको छ ।
चितवनको कालिका नगरपालिका–५ स्थित भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले झुटा शैक्षिक प्रमाणपत्र लिएर शिक्षक पदमा नियुक्ति लिएको खुलेको हो ।
यसबारे उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ बमोजिम कँडेललाई १५ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरिएको अख्तियारले जनाएको छ । सूचनामा उनलाई कोठा नं. ४०२ मा सम्पर्क गर्न भनिएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया