जसपा संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित
काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राम सहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको नेतामा यादवलाई सर्वसम्मत नेता चयन गरेको हो । नेता चयनको विषयमा संघीय परिषद्का अध्यक्षसमेत रहेका अशोक राई र नेता राजकिशोर यादबले दाबी गरेका थिए ।
यी दुई नेताबीच कुरा नमिल्दा निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशित गरेको थियो । दलको नेतामा यादवलाई नेता मान्न दुवै जना तयार भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यादव बारा–२ बाट निर्वाचित भएका थिए । आध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि यादवले संसदीय दलको नेतामा बाजी मार्न सफल भएका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया