टाटाका नक्कली पार्टपुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक पक्राउ
काठमाडाैं । नेपाल प्रहरीले आज काठमाडाैंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।
उनले लामो समयदेखि भारतबाट अवैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आईरहेको जनगुनासो ब्यापक रुपमा पाईएको हुँदा सो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा उनले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।
रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा उनले बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया