५० अर्बको रिपो जारी गर्दै केन्द्रीय बैंक

काठमाडौं । बजारमा तरलता अभाव कायम नै छ । राष्ट्र बैंकले तरलता अभावलाई मध्यनजर गरी ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले आजै रिपोको बोलकबोल गर्दै छ ।
बैंकले ४५ दिन अवधिको रिपो जारी गरेको हो । यसमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।
केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलताको स्थिति न्यून देखिएको अवस्थामा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार केही समयको लागि बजारमा तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्छ ।
यो रिपो माघ २९ गतेसम्म परिपक्क हुनेछ ।
के हो रिपो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलताको स्थिति देखिएमा छोटो अवधि (सात दिनको) लागि तरलता प्रवाह गर्न प्रयोग गरिने उपकरण रिपो हो । यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरूबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रूपमा लिइ निश्चित ब्याज लिने सर्तमा बैंकले अल्पकालिन सापटी प्रदान गर्छ । जसले गर्दा बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।
यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधिबाट सबैभन्दा बढी ब्याज तिर्न तयार भएका बैंक तथा संस्थालाई क्रमैसँग आह्वान रकमसमेत बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा वित्तिय संस्थाबाट एकमुष्टा रूपमा साँवा ब्याज रकम असुल गरी धितोको रूपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया