स्पष्ट प्रयोजन खुलाएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोग सँग भेट्नु : गृह मन्त्रालय
काठमाडाैं । सुरक्षा निकायका पदाधिकारीहरुले राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाटका लागि अब गृह मन्त्रालयको विभागीय स्वीकृति अनिवार्य लिनु पर्ने भएकाे छ ।
विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गरेको पाइएमा विभागले सुरक्षा पदाधिकारीहरुलाई अनुशासनको कारबाही समेत गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता फाडिन्द्रमणि पोखरेले एक विज्ञप्ती जारी गर्दै, कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नु पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्रै गर्नु गराउन र सो को प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध गरिएको भनिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया