फेवातालमा फोटोग्राफीको आकर्षण बढ्दो
काठमाडौं । नेपालमा फोटोग्राफीको आकर्षण बढ्दै जाँदा यसैबाट जीविकोपार्जन गर्नेहरूको सङ्ख्या बढ्न थालेको छ ।
खासगरि पर्यटकीय क्षेत्रहरूमा फोटोग्राफी पेशा अपनाउनेहरू बढी देखिन्छन् । पोखराको फेवाताल आसपासमा पर्यटकको तस्बिर खिचेर केही युवाले मनग्ये आम्दानी गरिरहेका छन् ।
फेवाताल घुम्न आउने पर्यटकका ३ सयभन्दा बढी तस्बिर खिचेर दैनिक ८ हजारसम्म कमाइ भइरहेको फोटोग्राफर लमजुङका सन्तोष गैरेले बताए ।
साढे २ लाख रुपैया जति लगानी गरेर सुरू गर्न सकिने फोटोग्राफी रोजिरोटी मात्र नभइ राम्रो आम्दानीको अवसर पनि बनिरहेको तनहुँका समिर कार्कीको भनाइ छ ।
रोजगारीका लागि विदेश मात्रै नै जानु पर्छ भन्ने नरहेको फोटोग्राफरहरू बताउँछन् । वैकल्पिक बाटो खोज्न सके स्वदेशमै आम्दानी गर्न सकिन्छ । फेवाताल आसपास पर्यटकका तस्बिर खिचेर ३२ जना फोटोग्राफरले राम्रो आम्दानी गरिरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया