नेप्से परिसूचक ५६ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार बिहीबार नेप्से ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ ।
आज दुई सय ५७ वटा कम्पनीको ४५ हजार ९४४ पटक कारोबारमा ८० लाख २४ हजार ५५९ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ८६ करोड ३ लाख ४५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् । सबैभन्दा धेरै वित्त समूहको उपसूचक १७१४.९४ अंकले बढेको । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ४.३९ विन्दुले बढेको छ । अरू उससमूहरूमा बैंकिङ १.८२, विकास बैंक ३.३५, होटल तथा पर्यटन २.७३, जलविद्युत ४.९२, लगानी २.९१, जीवन बीमा ३.९८, उत्पादन २.२२, लघुवित्त २.६०,सामूहिक लगानीकोष १.४१, अन्य २.७८ र व्यापार २.४७ विन्दुले बढेको छ ।
आजको कारोबारको आधारमा हिमालयन डिष्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७१ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकमको १० करोड ९२ लाख ४८ हजार, रिदी पावर कम्पनी १० करोड १४ लाख २७ हजार, एनआइसी एशियाको ९ करोड ६५ लाख ५८ हजार र नबिल बैंकको ९ करोड २८ लाख ८८ हजार रूपैयाँको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।
आजको कारोबारमा हिमालयन उर्जा विकास, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरूका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया