प्रभु साहले खोले आफ्नै पार्टी

काठमाडाैं । स्वतन्त्रबाट चुनाव लडेर निर्वाचित भएका प्रतिनिधि सभा सदस्य प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।
उनले आम जनता पार्टी गठन गरेको बताएका छन् । साहको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको विस्तारित बैठकले ‘आम जनता पार्टीको अन्तरिम विधान २०७९’ पारित गर्दै सो ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरेको हो ।
बैठकले सातै प्रदेशमा इन्चार्जहरु समेत तोकेको छ । जसमा प्रदेश १ को इन्चार्जमा रामप्रित राम, अध्यक्षमा हरिप्रसाद पोखरेल, मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा श्रीचन मुखिया, वाग्मती प्रदेशमा इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा नाम्गेल मोक्तान, गण्डकी प्रदेश इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा राजन यादवलाई तोकेको छ ।
त्यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा सियाराम कुश्वाहा र सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुश्वाहा र अध्यक्षको जिम्मेवारी केशव राय चौधरीलाई जिम्मेवारी दिएको हो ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य रहेका साह, गएकाे मंसिर ४ काे निर्वाचनमा एमालेले प्रतिनिधि सभाको निर्वाचनमा टिकट नदिएपछि रौतहट ३ बाट स्वतन्त्त निर्वाचित भएका सांसद हुन ।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया