नायिका प्रियंकाकी सासुले सार्वजनिक गरिन् प्रेमीको तस्बिर

काठमाडाैं । मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएकी रविना देशराज श्रेष्ठले आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्। उनले एक साताअघि मात्रै राजिनामा दिएकी हुन् ।
रविनाले सामाजिक सञ्जालमा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्ना प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको बताएकी छन्।
मेगा बैंकबाट राजीनामा दिँदै बैंकिङ करिअर छाडेकी रविनाले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना र आर्शीवादको अपेक्षा राखेकी छन्। तस्विर सार्वजनिकपछि सामाजिक सञ्जालमा बधाईको ओइरो नै लागेको छ ।
लामो समयदेखि एकल जीवन बिताउँदै आएकी रविना नायिका प्रियका कार्कीकी सासु हुन् । उनका दुई छोरा आयुशमान र असिरमान नेपाली सिनेमा क्षेत्रमै छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी रविना नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन्। मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि उनी इन्भेस्टमेन्ट बैंकमा डेपुटी सीईओ हुने सहमति भएको थियो। तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया