रोनाल्डो कीर्तिमानी तलबसहित साउदी क्लबमा अनुबन्ध
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो कीर्तिमानी तलबसहित साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका छन् ।
म्यानचेस्टर युनाटेड छाडेपछि बेरोजगार बनेका रोनाल्डो दुई वर्षका लागि उक्त क्लबमा जोडिएका हुन् । यो साउदीको सर्वाधिक चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितिसकेको छ ।
यसअघि रोनाल्डोलाई साउदीकै अर्को क्लब अल हिलालले भित्राउन लागेको चर्चा थियो । तर उक्त क्लब यसमा सफल हुन सकेन ।
रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रोनाल्डोका लागि सम्झौता गरिएको रकम फुटबलहरूले पाएको पारिश्रमिकको अहिलेसम्मकै धेरै हो ।
रोनाल्डोले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।
यसअघि म्यानचेस्टर युनाइटेडमा आबद्ध रोनाल्डो एक विवादास्पद अन्तर्वार्तापछि त्यहाँबाट अलग भएका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया